रुकुम पश्चिममा माओवादी आक्रमणबाट कांग्रेस वडा सभापति घाइते

जाजरकोट : रूकुम पश्चिमको चौरजहारीमा नेकपा माओवादी केन्द्रको आक्रमणबाट नेपाली कांग्रेसका वडा सभापतिसहित पाँच जना घाइते भएका छन्। चुनावी प्रचारप्रसारका क्रममा शुक्रबार राति चौरजहारी नगरपालिका–१ घारीगाउँमा माओवादी कार्यकर्ताले एक्कासी आक्रमण गर्दा भएको दुई पक्षबीचको झडपमा परि पाँच जना घाइते भएका हुन्।

माओवादी कार्यकर्ताको आक्रमणमा परेर नेपाली कांग्रेसका वडा सभापतिसहित तीन जना घाइते भएका छन्। वडा सभापति यज्ञश बिष्ट, तरुण दल चौरजहारीका अध्यक्ष त्रिलोचन गिरी र कांग्रेस कार्यकर्ता मनबहादुर बिक घाइते भएका छन्।
रूकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुबहादुर सोतीका अनुसार नेपाली कांग्रेस चौरजहारी नगरपालिका-१ का सभापति योगेश विष्ट, तरुण दल चौरजहारीका अध्यक्ष त्रिलोचन गिरी , कांग्रेस कार्यकर्ता मनबहादुर बिक र वाइसिएलका ध्रुवराज विष्ट र समीर स्वर्णकार घाइते छन्। घाइतेमध्ये तरूण दलका योगेश र मानबहादुरलाई नेपालगन्ज रिफर गरिएको छ। अन्यको चौरजहारी स्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाईते बिष्ट र बिकको टाउकोमा गम्भीर चोट लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *