कुकुरलाई हिर्काएको आरोपमा समाजवादी र काङ्ग्रेसका कार्यकर्ता बीच बाजुरामा झडप

बाजुरा – बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ९ अगाउँपानीमा नेपाली काँग्रेस र नेकपा एकिकृत समाजबादीका कार्यक्रता बिच दोहोरो झडप भएको छ ।

एकिकृत समाजबादीका कार्यकर्ताले  कुकुरलाई हिर्काएको आरोपमा नेपाली काँग्रेसका कार्यक्रताहरुले ढुगांमुढा प्रहार गरेपछी दोहोर झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन ।
एकिकृत समाजबादीका कार्यक्रताहरु प्रहरी चौकीमा पुगेपछी प्रहरीले संरक्षण  गरेकाे भन्दै नेपाली काँग्रेसका कार्यक्रताहरुले प्रहरी चौकी समेत तोडफोड गर्न खोज्दा प्रहरीले हवाई फायर समेत गरेको सुचना अधिकारी बोगटीले जानकारी दिए ।  सो झडपमा एक जना प्रहरी समेत घाईते भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकीमै पुगेर काँग्रेस कार्यक्रताहरुले नाराबाजी गर्नुका साथै तोडफोड गर्न लाग्दा प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *