भरतपुरमा रेनुलाई भोट माग्न देउवा, प्रचण्ड, माधव नेपाल जाँदै

काठमाडौं । सत्ता गठबन्धनले बिहीबार चितवनमा चुनावी सभा गर्ने भएको छ । यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर पाँच दलीय गठबन्धनले भरतपुरस्थित हाकिम चोकमा सभा गर्न लागेको हो ।

उक्त सभालाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य शेखर कोइराला, जसपा र राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले भने, ‘प्रधानमन्त्री ज्यू र माओवादी केन्द्रका अध्यक्ष सहभागी हुनुहुन्छ । बाँकी नेताहरूको हकमा कुराकानी भइरहेको छ ।’ चितवनको भरतपुर महानगरपालिकासहित सबै स्थानीय तहमा गठबन्धनबीच चुनावी तालमेल भएको छ ।’

कांग्रेसबाट गठबन्धनका उम्मेदवारबिरुद्ध उठेका बागी उम्मेदवारका कारण भरतपुर महानगरपालिकामा चर्चामा छ । भरतपुरको मेयरमा माओवादी केन्द्रबाट रेनु दाहाल र उपमेयरमा कांग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवार छन् । गठबन्धनको साझा उम्मेदवार दाहालविरुद्ध कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *