भरतपुरमा काङ्ग्रेसका स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता गरेनन् : एमालेलाई सहज

चितवन : भरतपुर महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिता गरेनन्। सत्ता गठबन्धनको तर्फबाट माओवादीबाट रेणु दाहालले उम्मेदवारी दिए पनि त्यसकाविरुद्धमा पौडेलले उम्मेदवारी दिएका थिए।

कांग्रेसका केन्द्रदेखि जिल्लाका नेताहरुले गरेको आग्रहलाई अस्विकार गर्दै उनले निर्वाचन लड्ने बताएका छन्। जगन्नाथ पौडेललाई उम्मेदवारी गराउन गृहमन्त्री बालकृष्ण खाण र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री नै चितवन आएका थिए। केन्द्रका नेताहरुको बारम्बार फोन आए पनि पौडेलले त्यसलाई अस्विकार गरेर निर्वाचनमा होमिएका छन्।
अघिल्लो पटक नै माओवादीलाई मेयर दिँदा रुष्ट भएका चितवनका कांग्रेसी नेता-कार्यकर्ताले पौडेललाई उम्मेदवारीबाट पछि नहट्न बारम्बार प्रयास गरेका थिए। कार्यकर्ताको भावना विपरित नेतृत्वले निर्णय गरेको भन्दै उनले असन्तुष्ट पोखेका थिए।
आज ५ बजेसम्म उम्मेदवारी फिर्ताका लागि निर्धारित समयमा पौडेलले उम्मेदवारी फिर्ता लिएनन्। राष्ट्रियसभाका पूर्व सांसद पौडेल पार्टीबाट निष्काशित भएा छन्। उनीसँग उनका प्रस्तावक रहेका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा र महासमिति सदस्य मिना खरेल पनि कारबाहीमा परेका छन्। केन्द्रीय कार्यालयले उम्मेदवारी फिर्ता नलिए स्वतः कारबाही हुने जनाएको थियो। पार्टीको विधानको दफा ४ को १३ को स्वतन्त्र उम्मेदवार बनेका पौडेलसहित साधारण सदस्यसमेत नरहने गरी स्वतः निष्कासन हुने विज्ञप्तिमा जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *