प्रधानमन्त्री देउवाको गृहजिल्लामा गठबन्धन बिच खटपट : चुनाबमा तालमेल नहुने

काठमाडौं !  प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा गठबन्धन दलहरुबीच चुनावी तालमेल नहुने भएको छ । दुई नगरपालिका र ५ वटा गाउँपालिका रहेको डडेलधुरामा गठबन्धन गर्दा सत्ता साझेदार दलहरुभित्र असन्तुष्टि बढेकाले तालमेल नहुने भएको हो।

दलहरुले यस्तो निर्णय गरेपनि जिल्लाको परशुराम नगरपालिका कांग्रेस र माओवादी दुवै पार्टीले नछाड्ने अडान लिएपछि गठबन्धन हुन नसकेको हो । परशुराम नगरपालिका जिल्लाको सबैभन्दा बढी मतदाता भएको नगरपालिका हो । कांग्रेसका जिल्ला सभापति नगर प्रमुख रहेको यो नगरपालिकामा माओवादी र कांग्रेसले आफ्नो अडान नछोडेपछि गठबन्धन नगर्ने निर्णय गरिएको हो । गत स्थानीय तह निर्वाचनमा परशुराम नगरपालिका कांग्रेसले जितेको हो । माओवादीले थोरै मतले परशुराम नगरपालिकामा निर्वाचन हारेको थियो ।

परशुराम नगरपालिका २८ हजारभन्दा बढी मतदाता रहेका छन् । गत निर्वाचनमा कांग्रेसका भिमबहादुर साउँदले माओवादी उम्मेदवार शेरसिंह मालसँग २५१ मतले निर्वाचन जितेका थिए । संसदीय र प्रदेशको निर्वाचनलाई लक्षित गरेर यो नगरपालिका कांग्रेस माओवादी दुवैले न छोडेका हुन् । पहाडी क्षेत्रका ३ स्थानीय तहभन्दा बढी मतदाता परशुराम नगरपालिकामा छन् ।

‘परशुराम नगरपालिकाका कारण मात्र गठबन्धन भएन भन्नु गलत हो,’ कांग्रेसका जिल्ला सभापति भिमबहादुर साउFदले भने, ‘बेग्ला बेग्लै निर्वाचन लडेपनि जित्न सकिने आधार देखिएका कारण दलहरुले सर्वसम्मतिले गठबन्धन नगर्ने निर्णय गरेका हुन् ।’ अन्तिमसम्म गठबन्धनका लागि छलफल जारी राख्दै सौहार्दपूर्ण रुपमा निर्वाचन लड्ने सहमति भने भएको उनले बताए । संख्या बाँडफाँटमा पनि माओवादीले ३ र समाजवादीले २ सिटमा दाबी गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *