सत्ता गठबन्धनको बैठक सम्पन्न

काठमाडौं- सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएको छ।  शनिबार बिहान प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच बालुवाटारमा भेटवार्ता भएको हो।

नेताहरुबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो।

देउवा नेतृत्वमा गठबन्धन सरकार बनेको दुई महिना हुन लाग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। गठबन्धन दलहरुबीच मन्त्रालयमा कुरा मिल्न सकेको छैन।

राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै विभाजति नेकपा एमाले र जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्ने समय भदौ २२ गतेसम्म रहेको र उक्त समयसीमा सकिएपछि मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *