सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक शुक्रबार मध्यान्ह बस्दै छ । स्थानीय तहको निर्वाचन बारे छलफल गर्न बैठक बस्न लागेको बस्न लागेको हो ।

बैठकका लागि केही नेताहरु प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगिसकेको जनाइएको छ । बैठकका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले नै गठबन्धनका पाँचै दलका शीर्ष नेताहरुलाई बोलाएका हुन् ।

गठबन्धनको यसअघिको बैठकले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचनका लागि तयारी तथा अनुगमन समिति’ गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *