सत्तारुढ गठबन्धनको बैठक आज बस्दै,चुनावी तालमेलका बिसयमा छलफल हुने

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ । स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन सत्ता गठबन्धन दलको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान साढे १० बजे बस्नेगरी बैठक बोलाएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको शुक्रबार हुने भारत भ्रमण र नेपालले उठाउने एजेण्डाका विषयमा पनि छलफल हुने बताइएको छ ।
भारत भ्रमणका क्रममा उठाउने एजेण्डाबारे छलफल गर्न तथा गठबन्धनको विश्वास लिएर भारत भ्रमणमा जान उनले बैठक बोलाएका हुन् ।

बुधबार चितवन पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आज गठबन्धनको बैठक बस्ने जानकारी दिएका थिए । भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भनेका थिए, ‘हामी विहिबार गठबन्धनको बैठक बस्दैछौं ।’

बिहीबारको बैठकमा गठबन्धनबीच चुनावी तालमेलबारे सैद्दान्तिक र नीतिगत विषयमा छलफल हुने नेताहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *