प्रचण्ड-माधवलाई मत दिएर गठबन्धन मजबुत बनाउनुपर्छ : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले र केपी शर्मा ओलीलाई साइजमा राख्न पनि गठबन्धन आवश्यक भएको बताएका छन् ।

उनले अहिलेको लडाइँ नै एमालेसँग रहेको बताएँदै उनले भने, ‘अहिले ओलीलाई बलियो बनाउन हुँदैन । प्रचण्ड र माधव नेपाललाई हामीले मत दिएर पनि राख्नुपर्छ । ओलीलाई साइजमा राख्नुपर्छ । नभए लोकतन्त्र संकटमा पर्छ ।’ कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पौडेलले यस्तो धारणा राखेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *