‘लाजमर्दो भइसक्यो, छिट्टै मन्त्रिपरिषद् विस्तार गरौं’- गठबन्धन नेता

काठमाडौं । लामो समयसम्म मन्त्रिपरिषद् विस्तार हुन नसकेकोमा सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुले असन्तुष्टि जनाएका छन् । सरकार गठन भएको डेढ महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसक्नुले लाजमर्दो भएको भन्दै नेताहरुले अब एक दिन पनि ढिला गर्न नहुने बताएका छन् ।

प्रतिनिधिसभा पुनर्स्थापना भएको भोलिपल्ट २९ असारमा प्रधानमन्त्री भएका शेरबहादुर देउवाले चार मन्त्री र एक राज्यमन्त्रीको भरमा सरकार चलाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *