बालुवाटारमा देउवा,प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं । सरकारको नेतृत्व सम्हालेको ४७ दिन पुगिसक्दा पनि मन्त्रीपरिषद् विस्तार गर्न नसकेर आलोचना खेपिरहेका प्रधानमन्त्री शेरवहादुर देउवा सरकार विस्तारका विषयमा छलफलमा जुटेका छन् । सत्ता गठबन्धन दलका सहयात्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग शनिवार पनि झण्डै आधा घण्टा मन्त्रीपरिषद विस्तारमा देउवाले छलफल गरेका थिए ।

आइतबार विहान भने प्रधानमन्त्रीले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सँग छलफल शुरु गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले देउवा, प्रचण्ड र माधव नेपालका वीचमा छलफल जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *