एमसिसी संसदबाट पास गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं ! ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पारित गर्ने सत्ता गठबन्धनले निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकपछि काँग्रेस नेता रामचन्द्र पौडेलले व्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना पारित गर्ने गठबन्धनमा सहमति भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *