एमसिसी अनुमोदनमा केन्द्रित सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं ! प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत गठबन्धन दलका शीर्ष नेता बालुवाटार बैठकमा सहभागी छन्।

प्रधानमन्त्री देउवाको सचिवालयले जनाएअनुसार सत्तारूढ गठबन्धनको बैठक अहिले जारी छ। एमसिसीलगायत विषयमा छलफल गर्नका लागि बैठक बसेको हो।

यस अघि माओवादी केन्द्रले एमसिसी अनुमोदन गर्ने निर्णय गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *