गठबन्धन जोगाइदिन प्रचण्ड र माधवले हारगुहार गरिरहेका छन् : अध्यक्ष ओली

काठमाडौँ – सत्ता गठबन्धन जोगाइदिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हारगुहार गरिरहेको नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले बताउनु भएको छ ।
शनिबार काठमाडौँमा आयोजित एमालेनिकट प्रगतिशील पेसागत कानुन व्यवसायी संगठनको राष्ट्रिय सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले नेपाली कांग्रेससँगको छलफलले दुई नेताको सातो नै गएको बताउनु भयो।
एमसीसीको विषयमा नेकपा एमालेले देश र जनताको हितलाई सर्वोपरि राखेर आवश्यक कदम चाल्ने जिकिर गर्नुभयो । एमसीसीबारे संसद्मा धारणा राख्न एमालेलाई ठाउँ नदिइएकाले यसबारेमा बाहिर बोल्नुको अर्थ नरहेको पनि उहाँ ले बताउनु भयो । सभामुख अग्निप्रसाद सापकोटाका कारण एमाले संसद्को कारबाहीमा भाग लिन नसक्ने ठाउँमा रहेको उनले उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *