सत्ता गठबन्धनको छलफल बालुवाटारमा जारी, एमसिसीका बिसयमा सहमति जुट्न सकस

काठमाडौँ — आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने लगायतका विषयमा सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेल लगायतका नेताहरु बैठकमा सहभागी छन् । शुक्रबारको बैठकमा एमसीसी टेबल गर्ने विषय टुंगो नलागेपछि आज १० बजेका लागि बैठक बोलाइएको भएपनि केही ढिलागरी बैठक सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *