गठबन्धन बैठक अघि प्रचण्ड दौडधुप : सिंहदरबारमा माधव नेपालसँग भेटवार्ता

काठमाडौं !नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ। माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा दुई नेताबीच भेटवार्ता भएको हो।

यस अघि प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेका थिए। देउवा र प्रचण्डको भेटपछि गठबन्धनको बैठकको समय २ घण्टा पछि सारिएको थियो। सत्ता गठबन्धनको बैठक ५ बजे बस्दैछ। सत्ता सहकार्य र एमसिसीको भविष्यबारे गठबन्धनको बैठकलाई ‘निर्णायक’ भनिएको बेला प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो।

स्रोतका अनुसार दुई नेताबीच गठबन्धन बैठकमा समान धारणाका साथ प्रस्तुत हुने विषयमा छलफल गर्न भेटवार्ता भएको हो। प्रधानमन्त्री देउवा जुनसुकै अवस्थामा पनि एमसिसी संसदमा लगिछाड्ने अडानमा रहेपछि पाँचदलीय सत्तागठबन्धनमा ठूलो मतभेद देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *