सत्ता गठबन्धनको निर्णायक बैठक आज : सहमति नजुटे गठबन्धन आजै टुट्ने संभावना

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको निर्णायक बैठक आज बस्दै छ । गठबन्धनमा पेचिलो बन्दै गइरहेको एमसीसीबारे छलफल गर्न बोलाइएको बैठकलाई निर्णायक बैठकका रूपमा बुझिएको छ ।

दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको यो बैठकबाट सत्ता गठबन्धनको भबिस्यपनि कोरिने देखिएको छ । एमसिसी पास गर्नलाई प्रधानमन्त्री देउवा र उहाँको पार्टिले जोडबल गरिरहेको तर अरु सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एसले दोहोरो चरित्र देखाइरहेको परिस्थितिले राजनीति तरंगित बनेको हो। प्रधानमन्त्री देउवाले हिजोको प्रतिनिधि सभाको बैठकमा जसरिपनि एमसिसी टेबुल गर्न चाहनुहुन्थ्यो तर प्रचण्ड लगायतका नेताले असहयोग गरेकै कारण यसको छिनोफानोका लागि आज गठबन्धनको निर्णायक बैठक बोलाइएको हो। यो बैठकमा सहमती जुटे वा नजुटेपनि प्रधानमन्त्री देउवाले विकल्पहरु तयगरि एमसिसी अघि बढाउने देखिन्छ। यदि एमसिसी अगाडि बढाउने सहमती नजुटे आजै गठबन्धनको भबिस्यपनि समाप्त हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *