प्रधानमन्त्री देउवा,प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं ! सत्तारुढ तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ । मंगलबार  विहान प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको हो ।

पार्टीको सर्वदलीय बैठकअघि देउवाले प्रचण्ड र माधव नेपालसँग छलफल गरेका हुन् । उनीहरुबीच विहान ८ बजेपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाभियोग प्रस्ताव, एमसीसी र स्थानीय तहको निर्वाचनबारे छलफल भएको बुझिएको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *