एमसिसी प्रकरणमा सहमति जुटाउन बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षबिहिन

काठमाडौंः एमसीसीमा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सकिएको छ। बैठकले ठोस निष्कर्ष निकाल्न सकेन। प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका थिए। शनिबार बालुवाटारमा भएको छलफलमा गठबन्धन दलबीच संसदमा एमसीसी टेबुल गर्ने विषयमा कुराकानी भएको छ।

अर्को बैठक आज साँझ या भोलि आइतबार पुनः बस्ने बताइएको छ।
त्यस्तै फागुन २ गते बस्ने भनिएको प्रतिनिधिसभा बैठक सार्न एमालेले आग्रह गरेकोमा उक्त बैठक फागुन ४ गते बस्ने भन्नेबारेसमेत छलफल भएको बताइएको छ। प्रधानमन्त्री देउवा संसदमा तत्काल एमसीसी टेबल गर्ने पक्षमा छन् भने अध्यक्षद्वय दाहाल र नेपाल यथास्थितिमा एमसीसी पारित गर्न नहुने भन्दै निर्वाचन पछाडि धकेल्ने प्रयासमा छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *