सत्ता गठबन्धनका शिर्ष नेताहरुको बालुवाटारमा भेटघाट जारी

काठमाडौँ — प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धका दुई नेताबीच छलफल जारी छ । शनिबार प्रधानमन्त्री देउवासँगको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष सहभागी हुनुभएको छ ।

समसामयिक राजनीतिक विषयमा उहाँहरुबीच छलफल चलिरहेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

एमसीसी सम्झाैता र आगामी निर्वाचनकाबारे पनि उहाँहरुबीच छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ । पछिल्लो समय एमसिसी पारित गर्ने र नगर्ने बिसयमा गठबन्धनबीच तिब्र ध्रुवीकरण बढेको छ। खासगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दोहोरो चरित्रका कारण प्रधानमन्त्री देउवा तनाबमा हुनुहुन्छ। एमसिसी पास गर्नैपर्ने अमेरिकाको दबाबका बीच यो बैठकलाई केही चासोका रुपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *