माधव र प्रचण्डको प्रस्ताव प्रधानमन्त्री देउवाद्रारा ठाडै अस्विकार

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषय निर्वाचनपछि धकेल्ने सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गर्नुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितको छलफलमा अध्यक्ष प्रचण्डले गरेको प्रस्ताव प्रधानमन्त्री देउवाले अस्वीकार गर्नुभएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवाले एमसीसी थाँती राखेर अघि बढ्न नसकिने भन्दै छिटो निर्णय दिन दाहाल र नेपाललाई आग्रह गर्नुभयो । अमेरिकाले दिएको १६ फागुनको समयसीमा अगावै एमसीसी पारित गर्नुपर्ने देउवाको अडानपछि दाहाल र नेपाल अन्योलमा परेका छन् । जनचाहनाअनुरुप प िएमसीसी पारित हुन नहुने उनीहरूको तर्क छ ।

छलफलमा माधवकुमार नेपालले गठबन्धन टुट्न दिन नहुने भन्दै मध्यमार्गी बाटो निकाल्न जोड दिनुभयो । उहाँले एमसीसी संशोधनको विषय निकाले पनि प्रधानमन्त्री देउवाले अमेरिकाले एमसीसी संशोधन नगर्ने भनेर स्पष्ट पारिसकेको स्मरण गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *