काठमाडौं ! प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार भेटवार्ता भएको छ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा राति करिब २ घण्टा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए।
नेताहरुले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएको पनि पौडेलको भनाइ छ।
सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलका साथै गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।
देउवा थाइल्यान्डको ब्यांककबाट फर्किएपछि उनीहरुबीच पहिलोपल्ट भेटवार्ता भएको हो।