देउवा, दाहाल र नेपालबीच भेटवार्ता

काठमाडौं !सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री देउवालाई भेट्न माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपाल बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। ‘दाहाल र नेपाल आउनुभएको हो, पछिल्ला राजनीतिक घटनाक्रमबारे करिब एक घण्टा छलफल भयो,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *