काठमाडौं !सत्तारुढ ५ दलीय गठबन्धनको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा ५ दलका शीर्ष नेताको सहभागिता रहेको छ ।
स्थानिय निकायको निर्वाचन बैशाखमै गर्न जनस्तरबाट चर्को दबाब आएपछि चुनाब सार्न अघि सरेको गठबन्धनले बैठकमार्फत निकास दिन पहल गर्न लागेको बुझिएको छ।