बोरिङ खन्दा जोरपाटीमा लेदो माटो र पानीसहितको फोहोरा, खानी विभागलाई बोलाइयो

काठमाडौं : काठमाडौंको जोरपाटीमा लेदो माटो र पानीसहितको फोहोरा निस्किएको छ ।

स्थानीयले खानेपानीको लागि बोरिङ खन्दै गर्दा माटो र बालुवाको लेदो निस्केको हो ।

स्थानीयले भने बोरिङ खनेको स्थानवाट ग्यास निस्केको दाबी गरेका छन् ।

खनेको स्थानबाट माटो र बालुवाको लेदो निरन्तर आकाशतर्फ उडिरहेको बौद्ध प्रहरीले जनाएको छ ।

माटो र हिलोले आसपासका घरमा क्षति पुर्‍याएको छ । प्रहरी र स्थानीयले थप अध्ययनका लागि खानी विभागका मानिसलाई खबर गरेका छन् ।

यसअघि पनि काठमाडौंका विभिन्न स्थानमा बोरिङ खन्ने क्रममा ग्यास निस्कने घटना हुँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *