युएस ओपनको उपाधि नोभाक जोकोभिचलाई

काठमाडौं ! नोभाक जोकोभिचले युएस ओपन २०२३ को उपाधि जितेका छन् । गएराति न्यूयोर्कमा भएको फाइनलमा डेनिल मेदभेदेवलाई हराउँदै जोकोभिकले उपाधि जितेका हुन् ।

कठिन खेलमा अनुभवी खेलाडी जोकोभिचले ६-३, ७-६ (७-५), ६-३ को सेटमा जित निकाले । जोकोभिचले पहिलो सेट ६–३ ले सहजै जितेका थिए । यसपछि एक घन्टा ४४ मिनेटसम्म चलेको दोस्रो सेटमा जोकोभिच र मेदभेदेवबीच कडा प्रतिस्पर्धा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *