स्पेनिस ला लिगा : जिरोनासँग रियल म्याड्रिड १–१ गोलको बराबरी

एजेन्सी । स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा रियल घरेलु मैदानमा जिरोनासँग १–१ गोलको बराबरी खेलेको हो ।

रियलका लागि भिनिसियस जुनियरले गोल गर्दा जिरोनाका क्रिस्टियन स्टुआनीले बराबरी गोल फर्काए । ७०औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई १–० को अग्रता दिलाएका थिए । ७८औं मिनेटमा क्रिस्टियन स्टुआनीले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

स बराबरीका बावजुत अपराजित रहेको रियल शीर्षस्थानमा उक्लन सफल भएको छ । रियलले दोस्रो स्थानमा रहेको बार्सिलोनामाथि १ अंकको अग्रता बनाएको छ ।

रियलको १२ खेलबाट खेलबाट ३२ अंक पुगेको छ । समान खेलबाट बार्सिलोनाको ३१ अंक छ । जिरोना १०औं जोडेर १६औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *