गोदावरी मेयर कप भलिबल प्रतियोगीताको उपाधि प्रमुख प्रशासकिय अधिकृत साफेबगर नगरपालिकालाई

कैलाली ! कैलालीको अत्तरियामा सम्पन्न सुदूरपश्चिम प्रदेश स्तरिय गोदावरी मेयर कप भलिबल प्रतियोगीताको उपाधि प्रमुख प्रशासकिय अधिकृत साफेबगर नगरपालिका अछामले ले जितेको छ । विजेता बनेको अछामको टिमले नगद २ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र हाँसील गरेको छ ।

प्रतियोगिताको दोस्रो संस्करणको उपाधिका लागि भएको फाइनल खेलमा पे वेल नेपाललाई ३ –० को सोझो सेटमा पराजित गर्दै अछामको टिम विजयी भएको हो ।

त्यस्तै उपविजेता बनेको पे वेल नेपालको टिमले नगद १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ । तेस्रो बनेको कञ्चन खाद्य उद्योग टीकापुरको टिमले ३५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेको छ ।

शनिबारबाट सुरु भएको प्रतियोगीतामा १० वटा टिमको सहभागीता रहेको थियो ।प्रतियोगिताको उत्कृष्ट खेलाडी अछामका धन बहादुर भट्ट भएका छन । उनले नगद १० हजार प्राप्त गरेक छन ।

त्यस्तै बेष्ट स्पाइकर कञ्चन खाद्य उद्योग टीकापुर प्रशान्त शाहु, बेस्ट सटर अछामका महेश खत्री, बेस्ट ब्लकर पे वेल नेपालका रमेश बम, बेस्ट सरभर पे वेल नेपालकै धिरज बस्नेत, बेस्ट डिफेन्डर सिवाईसी अत्तरियाका मोहन सारुमगर भएका छन । त्यस्तै उदयीमान खेलाडी सिवाईसी अत्तरियाकै पवन ऐर भएका छन । उनीहरुलाई नगद ५/५ हजार पुरस्कार प्राप्त गरेको खेल संयोजक बिक्रम बिस्टले जानकारि गराउनु भयो।

न्यू सृजनशिल युवा क्लव अत्तरियाको आयोजनामा भएको प्रतियोगिताको मुख्य प्रवद्धकका रुपमा गोदावरी नगरपालिका रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *