ढाकामा सम्पन्न भलिबल प्रतियोगितामा स्वर्ण पदक दिलाउने नेपाली टिमका प्रशिक्षक र मन्त्री लामाबीच भेटवार्ता

कैलाली! बंगलादेशको ढाकामा हालै सम्पन्न भएको एसियन सिनियर सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाली महिला टिमलाई दोश्रो पटक एतिहासिक स्वर्ण पदक दिलाउन सफल टिमका प्रमुख प्रशिक्षक जगदिश प्रसाद भट्ट र सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री तारा लामा तामाङबीच मन्त्रालयमा भेटवार्ता भएको छ। प्रशिक्षक भट्टलाई आर्थिक मामिला मन्त्रालयमा मन्त्रीले स्वागत तथा बधाइ ज्ञापन गर्नुभएको हो। साथै उहाँले नेपालको राष्ट्रिय खेल भलिबलको विकास र टिमको उत्तरोत्तर प्रगतिको कामना पनि गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *