ब्राजिललाई हराउँदै उरुग्वे कोपा अमेरिका फुटबल प्रतियोगीताको सेमिफाइनलमा

काठमाडौं- उरुग्वे अमेरिकामा जारी कोपा अमेरिका फुटबल प्रतियोगीताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न खेलमा ब्राजिललाइ पेनाल्टी सुटआउटमा ४-२ गोलले हराउँदै उरुग्वे सेमिफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो । टाइब्रेकरमा उरुग्वेले ४-२ को जित दर्ता गरेको हो । ब्राजिलका लागि एडर मिलिसाओ र डग्लस लुइजले टाइब्रेकरमा गोल गर्न सकेनन् ।

उरुग्वेका कप्तान जोसे जिमिनेजले गोल गर्न नसकेपनि अन्तिम प्रहारमा म्यानुएल उगार्टेले गोल गर्दै सेमिफाइनलमा स्थान पक्का गरे । यो सँगै कोपा अमेरिकाको सेमिफाइनल समिकरण पनि पुरा भएको छ ।