जर्मनीलाई हराउँदै स्पेन युरोकप फुटबलको सेमिफाइनलमा

काठमाडौं- आयोजक जर्मनीलाई स्तब्ध बनाउँदै स्पेन युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलमा जर्मनीलाई २-१ गोल अन्तरले हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो ।

निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयले निर्धारण भएको थियो । अतिरिक्त समयको पनि अन्तिम समयमा स्पेनले विजयी गोल गरेको हो ।

११९औं मिनेटमा मिकेल मेरिनोले गोल गर्दा स्पेनलाई अन्तिम चारमा पुर्‍याएका हुन् । डयानी ओल्मोको क्रसमा हेड प्रहार गर्दै उनले स्पेनलाई जित दिलाएका हुन् ।