रियल म्याड्रिडले जित्यो स्पेनिस ला-लिगाको उपाधि

काठमाडौं ! रियल म्याड्रिडले स्पेनिस ला-लिगाको उपाधि ३६ औं पटक जितेको छ। शनिबार बार्सिलोना जिरोनासँग ४-२ ले पराजित भएसँगै रियल म्याड्रिड च्याम्पियन बनेको हो।

शनिबार आफ्नो खेलमा रियलले क्याडिजलाई ३-० ले जित्दै उपाधि अभियान नजिक पुगेको थियो। शनिबार रातिकै खेलमा बार्सिलोना हारेसँगै रियल च्याम्पियन बन्यो।

पहिलो हाफमा बार्सिलोनाले २-१ को अग्रता बनाएको थियो। तर दोस्रो हाफमा जिरोनाले उत्कृष्ट पुनरागमन जित निकाल्दै ४ खेल बाँकी हुँदै रियललाई उपाधि जितायो।

ला-लिगाको उपाधि यात्रामा रियलका लागि इंग्लिस मिडफिल्डर जज बेलिंघम नायक सावित भए। उनले जारी सिजन रियलका लागि लालिगामा २६ खेलबाट १८ गोल गरे।

रियल प्रिशिक्षक कार्लोस एन्सेलोटीका लागि भने यो दोस्रो ला-लिगा उपाधि हो। यसअघि २०२१-२२ को उपाधि जितेका थिए।

रियलले बार्सिलोनाको भन्दा ९ उपाधि बढी जितेको छ। बार्सिलोनाले २७ उपाधि जितेको छ। १४ पटकको युरोपियन च्याम्पियन रियल म्याड्रिड युरोपियन च्याम्पियन्स लिगक उपाधि होडमा समेत कायम रहेको छ।

दोस्रो लेगमा म्याड्रिड बुधबार बार्यनसँग बर्नेबेउमा फाइनल प्रवेशको निर्णायक खेलमा प्रतिस्पर्धा गर्दैछ। पहिलो लेगमा २-२ गोलको बराबरी भएको थियो।