इङ्लिस प्रिमियर लिग फुटबल : गोलरहित बराबरीमा रोकिए वेस्टह्याम र ब्राइटन

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गए राति भएको खेलमा वेस्टह्याम र ब्राइटनले बराबरी खेलेका छन् । दुवै टोलीले कुनै गोल नगर्दा खेल बराबरीमा टुङ्गिएको हो ।

बराबरी खेले पनि वेस्टह्याम अङ्क तालिकामा ब्राइटनभन्दा माथि छ । उसले २० खेलमा ३४ अङ्क जोडेर छैटौँ स्थानमा छ।

ब्राइटन समान खेलमा ३१ अङ्कसहित सातौँ स्थानमा छ । प्रिमियर लिगमा २० खेलमा ४५ अङ्कका साथ लिभरपुल शीर्ष स्थानमा छ ।