केपी ओली फुटबल प्रतियोगिताको दोस्रो संस्करण फागुन ११ बाट हुँदै

काठमाडौं । राष्ट्रिय युवा संघ, नेपालको आयोजनामा केपी ओली कप २०२४ फुटबल आगामी फागुन ११ देखि हुने भएको छ ।

आयोजकका अनुसार प्रतियोगिता फागुन ११ देखि २० गतेसम्म हुनेछ । प्रतियोगिताको यो दोस्रो संस्करण हो ।

गत वर्ष भएको पहिलो संस्करणमा मछिन्द्र एफसीले सातदोबाटो युथ क्लबलाई सडनडेथमा हराएर उपाधि जितेको थियो ।