स्पेनिस ला लिगा फुटबल : एलाभेसलाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ ।

बिहीवार राति सम्पन्न खेलमा एलाभेसलाई १-० गोल अन्तरले पराजित गर्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको हो ।

रियलले १८ खेलबाट ४५ अंक बनाएको छ । समान ४५ अंक रहेको जिरोना दोस्रो स्थानमा झरेको छ ।

जिरोनाले बिहीबार राति रियल बेटिससँग एक एक गोलको बराबरी खेल्दै अंक बाँडेपछि रियलले जित निकाल्दा शीर्ष स्थान कब्जा गर्न सफल भयो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा रियल ५४ औं मिनेटमा १० खेलाडीमा झरेको थियो । रियलका नाचो रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।

उनले खराब ट्याक्कल गरेपछि भारको सहायताले रातो कार्ड दिइएको थियो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिए पनि अतिरिक्त समयको दोस्रो मिनेटमा रियलले गोल गरेको थियो ।