फिफा क्लब विश्वकप : म्यानचेस्टर सिटी फाइनलमा प्रवेश

एजेन्सी ! म्यानचेस्टर सिटी फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति जापनिज क्लब उरावा रेड डाइमन्ड्सलाई ३–० ले पराजित गर्दै सिटीले फाइनलको यात्रा तय गरेको हो ।

सिटीका माटियो कोभासिस र बर्नाडो सिल्भाले गोल गर्दा एक/एक गोल गरे । १ गोल भने सिटीले उपहार पाएको थियो । पहिलो हाफको अतिरिक्त पहिलो मिनेटमा उरावाका मारुस क्रिष्टोफरले आफ्नै पोस्टमा गोल गरेका थिए ।

अब सिटीले उपाधिका लागि शुक्रबार फ्लुमिनेन्सेसँग खेल्नेछ । फ्लुमिनेन्सेले इजिप्टको अल अहली एससीलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ ।