विश्वकप छनोट अन्तर्गत आज नेपाल र यूएईबीच खेल हुँदै

काठमाडौं ! फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदैछ । आजको खेल आज राति ९ बजे सुरु हुनेछ ।

नेपाल रहेको समूहमा यूएईका साथै बहराइन र यमन रहेका छन् ।

नेपालको दोस्रो खेल मंसिर ५ गते घरेलु मैदान दशरथ रंगशालामा हुनेछ ।

पहिलो चरणमा लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा पुगेको हो । लाओसविरुद्ध दुई लेगमा समग्रमा २–१ ले विजयी हुँदै नेपाल दोस्रो चरणमा पुगेको हो ।