एफए कपको उपाधि म्यान्चेस्टर सिटीलाई

काठमाडौं । गएराती भएको प्रतिस्पर्धात्मक खेलमा एफए कप फुटबल प्रतियोगिताको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । म्यानचेस्टर सिटीले फाइनलमा चिर प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई २—१ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

म्यानचेस्टर सिटीको प्रतिस्पर्धात्मक जितमा जर्मन मिडफिल्डर इल्के गुन्डोगन नायक बने । टोलीका लागि दुबै गोल ३२ वर्षीय गुन्डोगनले नै गरेका थिए । उनले खेल सुरु भएको पहिलो मिनेटमै टोलीलाई अग्रता दिलाएका थिए ।

निर्धारित समयको ३३औं मिनेटमा म्यानचेस्टर युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले जवाफी गोल गरेका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् । त्यसपछि पहिलो हाफ १—१ गोलको बराबरीमा सकिएको थियो ।

खेलको ५१औं मिनेटमा गुन्डोगनले ब्यक्तिगत रुपमा दोस्रो गोल गरेपछि म्यानचेस्टर सिटी च्याम्पियन बन्यो । म्यानचेस्टर सिटीले सातौं पटक एफए कपको उपाधि जितेको हो । जारी सिजनमा म्यानचेस्टर सिटीले जितेको यो दोस्रो महत्वपूर्ण उपाधि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *