म्यान्चेस्टर सिटीले जित्यो तेस्रोपटक प्रिमियर लिगको उपाधि

एजेन्सी ! म्यानचेस्टर सिटीले लगातार तेस्रोपटक इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । दोस्रो स्थानमा रहेको आर्सनलले गएराति नटिघम फरेस्टसँग १–० गोलको पराजय बेहोरेपछि सिटी तीन खेलअघि नै च्याम्पियन बनेको हो ।पछिल्ला ५ मध्ये तीनवटामा पराजित हुँदा आर्सनल उपाधिनजिक पुगेर पनि पराजित हुन पुगेको हो । सिटीले भने पछिल्ला ६ सिजनमा ५ पटक लिग आफ्नो नाममा लेखाउन सफल भएको हो ।

३५ खेलबाट सिटीको ८५ अंक छ भने ३७ खेल खेलेको आर्सनलको ८१ अंक छ । अब सिटीले बाँकी तीनवटै खेल हार्दा पनि लीग जित्ने पक्का भएको छ । बाँकी एउटा खेल जित्दा आर्सनलको ८४ अंकमात्रै हुनेछ ।

लिग जितेको सिटी च्याम्पियन्स लिगको पनि फाइनलमा पुगेको छ । त्यस्तै एफ कपको फाइनलमा पनि म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ । यी दुई फाइनल जिते सिटीले यसपटक ट्रेबल उपाधि उचाल्नेछ ।

२०१८ र २०१९ मा सिटीले जितेपछि २०२० मा लिभरपुलले जितेको थियो । त्यसपछि २०२१, २०२२ र २०२३ को लीग सिटीले उचालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *