यी हुन् आजका ए डिभिजन फुटबलका खेलहरु

काठमाडौं ! शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार तीन खेल हुने भएको छ ।

जसअनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा र एन्फा कम्प्लेक्स, सातदोबाटोमा एक खेल हुने एन्फाले जनाएको छ ।

रंगशालामा खुमलटार र त्रिभुवन आर्मी क्लब दिउँसो ३ बजे  भिडनेछन् ।
यसैगरी साँझ ६ बजे चर्च ब्वाईज र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यसैगरी सातदोवाटोमा दिउँसो ३ बजे हिमालय शेर्पा र एपिएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुने तय भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *