एफए कप : फाइनलमा म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेड भिड्ने

काठमाडौं ! इङ्लिस एफए कपको उपाधिका लागि दुई म्यानचेस्टर क्लबबीच भिडन्त हुने भएको छ।

दोस्रो सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनमाथि जित हात पारेसँगै उपाधिका लागि सिटीसँगको भेट पक्का भएको हो।

आइतबार राति भएको खेलमा युनाइटेड र ब्राइटनबीच निर्धारित र थप समयको खेल गोलरहित बराबरीमा सकिएको थियो।

त्यसपछि पेनाल्टी सुटआउटमा युनाइटेड ७-६ गोलले विजयी भयो।

अब उपाधिका लागि युनाइटेड र सिटीबीच ३ जुनमा प्रतिस्पर्धा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *