स्पेनिस ला लिगा : रियल म्याड्रिडद्वारा क्याडिज २–० ले पराजित

काठमाडौँ ।  स्पेनिस ला लिगामा रियल म्याड्रिडले क्याडिजलाई २–० ले पराजित गरेको छ ।  क्याडिजमा शनिबार राति भएको खेलमा रियलले  घरेलु टोली क्याडिजलाई पराजित गरेर शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी छोट्यायो। रियलको जितमा नाँचो फर्नान्डेस र मार्को एसेन्सियोले गोल गरे ।

यो जितसँगै रियलले बार्सिलोनासँगको अंक दूरी १० मा छोट्याएको छ । एक खेल कम खेलेको बार्सिलोनाको ७२ अंक रहँदा रियलको ६२ अंक छ । पराजित क्याडिज ३१ अंक जोडेर १५औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *