युइएफए च्याम्पियन्स लिग : क्वाटरफाइनलमा रियल म्याड्रिडले इंग्लिस क्लब चेल्सीलाई पराजित

एजेन्सी ।  युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडले इंग्लिस क्लब चेल्सीलाई पराजित गरेको छ । सान्टियागो बर्नबेउमा बुधबार राति भएको खेलमा रियलले चेल्सीलाई  २–० को गोलअन्तरले पराजित गरेको हो । रियलको जितमा कप्तान करिम बेन्जेमा र मार्को एसेन्सियोले गोल गरे ।

सान्टियागो बर्नबेउमा बुधबार राति भएको खेलको २१औं मिनेटमा बेन्जेमाको गोलबाट रियलले  अग्रता लिन सफल भयो । उनले भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भए । यो जितसँगै सर्वाधिक १४ पटकको च्याम्पियन तथा साविकको विजेता रियलले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । चेल्सीलाई सेमिफाइनलको यात्र तय गर्न कम्तीमा ३–० को जितको आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *