इंग्लिस प्रिमियर लिग : लिभरपुुलले आर्सनललाई रोक्यो बराबरीमा

एजेन्सी ! इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनललाई लिभरपुुलले २-२ गोलको बराबरीमा रोकेको छ।

आइतबार भएको खेलमा लिभरपुलले २-० गोलले पछि परेको अवस्था उल्टाएको ह‍‍ो।

आर्सनलले खेलको आठौं मिनेटमा मार्टनेलीको गोलबाट अग्रता लियो। गाब्रियल जेससले २८ मिनेटमा अग्रता दोब्बर पारे।

लिभरपुलका लागि मोहम्मद सलाहले ४२ मिनेटमा गोल गरे। ५४ मिनेटमा सलाहले प्राप्त पेनाल्टी मिस गरेका थिए। खेल सकिन ३ मिनेट बाँकी छदा फिर्मिनोले बराबरी गोल फर्काए।

लिगमा आर्सनल ३० खेलबाट ७३ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीको २९ खेलबाट ६७ अंक छ। लिभरपुल  २९ खेलबाट ४४ अंक जोडेर आठौं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *