फ्रेन्च लिगमा पिएसजीको अग्रता

एजेन्सी ! फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले २–० को सहज जित निकालेको छ ।घरेलु टोली नाइसमाथि पिएसजीले  २–० को सहज जित निकाल्दै शीर्षस्थान कायमै राखेको छ ।

एलिएन्ज रिभिइरा नाइसमा शनिबार राति भएको खेलमा पहिलो हाफको  २६औँ मिनेटमा मेस्सीको गोल गरे । पहिलो हाफमा नै १–० को अग्रता लिन सफल भएको पिएसजीले दोस्रो गोलका लागि ५० मिनेट कुर्नुपर्‍यो । दोस्रो हाफको ७६औँ मिनेटमा मेस्सीको पासमा डिफेन्डर रामोसले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । यो गोलसँगै खेल २–० को अवस्थामा टुङ्गियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *