प्रिमियर लिग : ब्रेन्टफोर्ड म्यान्चेस्टर युनाइटेडद्वारा १-० गोलले पराजित

एजेन्सी ! ब्रेन्टफोर्डमाथि संघर्षपूर्ण जीत निकाल्दै म्यानचेस्टर युनाइटेड पुन: प्रिमियर लिगको शीर्ष चारमा उक्लिएको छ । बुधबार राति भएको खेलमा युनाइटेड १–० गोलले विजयी बन्यो ।

युनाइटेडको जीतमा मार्कस रासफोर्डले पहिलो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्यो । लिगमा यो सिजन उनको यो १५ औँ गोल थियो भने सबै प्रतियोगितामा उनको २८ औँ गोल थियो । उता युरोपियन क्वालिफिकेसनका लागि संघर्ष गरिरहेको ब्रेन्टफोर्डको यो पछिल्ला १७ खेलमा मात्र दोस्रो पराजय थियो ।

जीतसँगै चौथो स्थानमा रहेको युनाइटेडको २८ खेलबाट ५३ अंक रहेको छ । तेस्रो स्थानमा रहेको न्युक्यासलसँग युनाइटेडको अंक बराबर रहेको छ । न्युक्यासलले बुधबार नै वेस्ट ह्याममाथि ५–१ को शानदार जीत हासिल गर्‍यो । ब्रेन्टफोर्ड ४३ अंकसहित लिगको नवौँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *