यूईएफए च्याम्पियन्स लिग : लिभरपुललाई हराउँदै रियल मड्रिड क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ । स्पेनिस क्लब रियल मड्रिड यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुललाई १-० गोल अन्तरले हराउँदै समग्रमा ६-२ को जितसहित रियल क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पहिलो लेगमा रियलले प्रिमियर लिग क्लबलाई ५-२ गोल अन्तरले हराएको थियो । घरेलु मैदानमा भने रियलले साँघुरो जित निकाल्यो ।

दोस्रो लेगमा रियललाई जित दिलाउन करिम बेन्जिमाले निर्णायक गोल गरे । करिमले खेलको ७८ औं मिनेटमा गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *