इन्टरमिलान च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । इटालियन क्लब इन्टर मिलानले मंगलबार राति पोर्चुगलको क्लब एफसी पोर्टोलाई समग्रमा १–० ले हराउँदै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाएको छ । इन्टरले क्वार्टरफाइनलमा स्थान बनाएको २०१२ पछि यो पहिलोपटक हो ।

पोर्चुगल भ्रमणमा निस्किएको इन्टरले गएराति गोलरहित बराबरी खेलेको थियो । तर, पहिलो लेगमा हासिल गरेको १–० को विजयले इन्टर क्वार्टरफाइनलमा स्थान बनाउन सफल भयो । गएराति  रक्षक पेपेले इन्जुरी समयमा दोस्रो पहेँलो कार्डको सामना गरेपछि पोर्टोले दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *