प्रिमियर लिग : आर्सनल र लिभरपुल विजयी

एजेन्सी ! एभर्टनमाथि गोल वर्षा गर्दै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा पाँच अंकको अग्रता बनाएको छ । बुधबार राति आर्सनलले एभर्टनलाई ४–० गोलले हरायो । आर्सनलको जीतमा ग्याब्रिएल मार्टिनेलीले दुई तथा बुकायो साका र मार्टिन ओडेगार्डले एक–एक गोल गरे । जीतसँगै २५ खेलबाट आर्सनलको ६० अंक रहेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५५ अंक रहेको छ । एभर्टन भने २१ अंकसहित लिगको रेलिगेसन क्षेत्रमा रहेको छ ।

उता लिभरपुलले वुल्भरह्याम्पटन वाडरर्सलाई २–० गोलले हरायो । लिभरपुलले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो ।

७३ औँ मिनेटमा भर्जिल भान डाइकले टोलीलाई अग्रता दिलाए भने ७७ औँ मिनेटमा मोहमद सलाहले टोलीको अग्रता दोब्बर बनाए । यसअघि डार्विन नुनेजको गोललाई भीएआरले रद्द गरेको थियो । २४ खेलबाट ३९ अंक बटुल्दै लिभरपुल लिगको छैटौँ स्थानमा उक्लिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *