भारतसँग दुई मैत्रिपूर्ण खेलमा बराबरी खेलेको नेपाली टिम स्वदेश फिर्ता

काठमाडौं! भारतसँग दुई मैत्रिपूर्ण खेल खेलेर नेपाली महिला राष्ट्रिय फुटबल टोली आइतबार स्वदेश फर्किएको छ।

प्रशिक्षक अनन्तराज थापा पहिलोपटक महिला प्रशिक्षकको रुपमा नियुक्त भएपछिको पहिलो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा सहभागी भएर नेपाली टोली आइतबार स्वदेश फर्किएको हो।

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि नेपाली टोलीकी कप्तान एञ्जिला तुम्बाप्पोले भारतसँगको दुई मैत्रिपूर्ण खेल नेपाली टोलीका लागि अनुभव सँगाल्ने राम्रो अवसर भएको प्रतिक्रिया दिइन्।

उनले पहिलो खेलमा पछि परेको अवस्थामा पनि पुनरागमन गर्नसक्नु टिमको प्रदर्शनमा सुधार भएको टिप्पणी गरिन्। राम्रो पुनरागमन गर्नमा सबै खेलाडीले आ–आफ्नो ठाउँबाट राम्रो खेलेको उनले बताइन्।

आयोजक टोलीले उमेर समूहका विभिन्न प्रतियोगिता खेल्दै अनुभव लिए पनि उनीहरुविरुद्ध राम्रो नतिजा निकाल्दा आपूm सन्तुष्ट रहेको उनको भनाइ छ। उनले प्रिति राई बिरामी हुनाले अपेक्षा अनुसारको खेल्न नसकेको र गीता राना चोटग्रस्त हुँदा केही कठिन भएको स्वीकार गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *